सुदूर नेपाललाई विश्वसँग जोड्दै

कलाकार तथा निर्देशक शिशिर राणा पक्राउ

२०७८ असार २१, ०५:५१ खबर संवाददाता

काठमाण्डौँ: प्रहरीले कलाकार तथा निर्देशक शिशिरशमशेर राणालाई पक्राउ गरेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीको टोलीले उनलाई काठमाडौंको बिजुलीबजारबाट पक्राउ गरेको हो।

राणालाई बैंकिङ कसुरमा उच्च अदालत पाटनले २६ माघ २०७७ मा ४५ लाख जरिवाना र १० दिन कैद सजायको फैसला गरेको थियो। सीआईबीका अनुसार राणाले ललितपुरकै एक व्यक्तिबाट घर व्यवहार चलाउने भन्दै ४५ लाख ऋण लिएका थिए।

तर, रकम पर्याप्त नभएको नबिल बैंकको चेक दिएपछि उनीविरुद्ध बैंकिङ कसुरको उजुरी परेको थियो। सोही उजुरीका आधारमा उच्च अदालत पाटनले उनलाई दोषी ठहर गरेको हो।

प्रोडक्सन म्यानेजरका रूपमा फिल्मक्षेत्रमा प्रवेश गरेका शिशिरले दुई दर्जन फिल्ममा काम गरेका छन् । अन्दाज, वडा नम्बर छ, क्लासिक, वीरविक्रम, कायारा, रामकहानी, पोई पर्‍यो काले लगायत फिल्ममा उनले अभिनय गरेका छन्।

केही फिल्मको कथासमेत लेखेका शिशिरले तिमी सँग र पोई पर्‍यो कालेुको निर्देशन गरेका छन् । शिशिरले माला फिल्ममा लगानीसमेत गरेका थिए।

कमेन्ट लोड गर्नुस