सुदूर नेपाललाई विश्वसँग जोड्दै

म्याद सकिएको डेबिट कार्डले ३४ लाख निकाल्ने दुई जना पक्राउ

२०७८ असार २१, ०४:४७ खबर संवाददाता

काठमाडौं:  म्याद सकिएको डेबिट कार्ड प्रयोग गरेर एटीएमबाट पैसा निकाल्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सोलुखुम्बु घर भएका जगतबहादुर गुरुङ र पर्साकी सावित्री गुरुङ पक्राउ रहेका छन्। 

काठमाडौंबाट पक्राउ परेका उनीहरूको साथबाट एटीएम कार्ड र २१ लाख नगद बरामद गरिएको प्रहरी परिसर टेकुले जनाएको छ।

उनीहरूले म्याद सकिएको ल्वयड्स बैंक लन्डनको भिसा डेबिट कार्डको प्रयोग गरेर  विभिन्न स्थानबाट ३४ लाख ३५ हजार रुपैयाँ निकालेको अनुसन्धानबाट खुलेको छ।

कमेन्ट लोड गर्नुस