सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीबाट २४ बर्षीय युवक वेपत्ता

२०७८ असार २१, १२:१४ खबर संवाददाता

धनगढी : धनगढीबाट २४ बर्षीय युवक वेपत्ता भएका छन्। डोटीको दीपायल सिलगढी नगरपालिका–५ घर भई धनगढीमा उपचार गराइरहेका २४ बर्षीय अक्षय गहतराज वेपत्ता भएका हुन्।

अक्षयका भाई राजेश गहतराजका अनुसार मानसिक समस्यामा रहेका उनलाई टाउकोमा चोट लागेपछि उपचारका लागि निसर्ग अस्पताल भर्ना गरिएको थियो।

आज बिहान अस्पतालबाटै उनी वेपत्ता भएका हुन्। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक प्रतिक विष्टले वेपत्ताको खोजी भइरहेको जानकारी दिए। 
 

कमेन्ट लोड गर्नुस