सुदूर नेपाललाई विश्वसँग जोड्दै

दुई दिनसम्म १३ वर्षीया बालिकालाई करणी गरेको आरोपमा युवक पक्राउ

फाईल तस्बिर
फाईल तस्बिर
२०७८ असार १९, ०७:३२ खबर संवाददाता

काठमाण्डौः दुई दिनसम्म १३ वर्षीया बालिकालाई करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन्।

शुक्रबार बर्दीयाको गुलरिया नगरपालिका ६ शान्ति टोलका १९ वर्षियय सोनु रैदाशलाई बालिका करणको अभियोगमा पक्राउ गरिएको हो। 

रैदाशले ती बालिकालाई विवाह गर्ने बहाना बनाई ललाई फकाई साथमा लगि आफ्नै कोठामा २ दिन सम्म राखी जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको प्रहरीले बताएको छ। प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
 

कमेन्ट लोड गर्नुस