सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको अत्तरिया सह-लगानी खानेपानी आयोजनामा कोषको साढे २ करोड बढी ऋण लगानी

२०७८ असार १८, ०६:४० खबर संवाददाता

धनगढी: नगर विकास कोषले कैलालीको अत्तरिया सह-लगानी खानेपानी तथा सरसफाइ आयोजनाअन्तर्गत अत्तरिया सह-लगानी खानेपानी तथा सरसफाइ आयोजना निर्माणका २ करोड ६३ लाख ९७ हजार रुपैयाँ ऋण लगानीका लागि सम्झौता गरेको छ।

कोषले अत्तरिया सह-लगानी खानेपानी तथा सरसफाइ आयोजना निर्माण, सञ्चालन तथा व्यवस्थापन गर्न खानेपानी तथा ढल व्यवस्थापन विभागबाट छनोट भएको बोलपत्रदाताले पेस गरेको ठेक्का कबोल अंक खानेपानी आपूर्तितर्फको लागत १३ करोड १९ लाख ८८ हजारको २० प्रतिशतले हुने २ करोड ६३ लाख ९७ हजार  कोषबाट ऋण लगानी गर्नेछ।

सम्झौतामा कोषका कार्यकारी निर्देशक कृष्णप्रसाद सापकोटा र अत्तरिया सह-लगानी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष टीकादत्त जोशीबीच शुक्रबार ऋण सम्झौता भएको हो। 

आयोजनामा नेपाल सरकारबाट ७० प्रतिशत अनुदान, नगर विकास कोषबाट २० प्रतिशत ऋण लगानी र १० प्रतिशत रकम उपभोक्ता संस्थाबाट बेहोरिने प्रावधान छ।

आयोजनाले गोदावरी नगरपालिकाका वडा नम्बर २ का ६,७७८ जनसंख्यालाई २ वटा डिप बोरिङको माध्यमबाट २४ सै घन्टा खानेपानी सेवा पुर्‍याउने लक्ष्य छ।

कमेन्ट लोड गर्नुस