सुदूर नेपाललाई विश्वसँग जोड्दै

स्वास्थ्य मन्त्रालयले भन्‍यो, ‘कोभिड र नन–कोभिड दुवै बिरामीको उपचार व्यवस्थापन गर्नू’

२०७८ असार १८, ०१:३४ खबर संवाददाता

काठमाडौँ: स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशका सबै अस्पतालहरुलाई पहिलेजस्तै गरी कोभिड र ननकोभिड दुवै बिरामीको उपचार व्यवस्थापन गर्न निर्देशन दिएको छ। यसअघि सबै अस्पतालहरुले कोभिडका बिरामीलाई प्राथमिकतामा दिन मन्त्रालयले वैशाख १४ गते अस्पतालाई पत्र पठाएको थियो। दोस्रो लहर मत्थर भएसँगै मन्त्रालयले अब सो भन्दा अघिकै व्यवस्था अनुसार गर्न, गराउन अस्पताललाई आग्रह गरेको छ।  

साथै, नेपाल सरकारको निर्णयअनुसार अस्पतालका कर्मचारीहरूको लामो बिदा र करारको सम्बन्धमा सोही पत्र अनुसार सो मितिबाट ६ महिनासम्म कायम रहने मन्त्रालयका सह प्रवक्‍ता डा. समिरकुमार अधिकारीले जनाए। 

कमेन्ट लोड गर्नुस