सुदूर नेपाललाई विश्वसँग जोड्दै

हिलोमा रोमान्स गरेको भन्दै भाइरल भएको फोटोका युवायुवती को हुन् ?

२०७८ असार १६, ०४:०० खबर संवाददाता

काठमाडौं: नेपालमा हरेक वर्षको असार १५ लाई धान दिवसको रूपमा मनाउने गरिन्छ। उक्त दिनमा किसानहरु खेतमा रोपाइँ गर्ने परम्परा चलिआएको छ। किसाहरुले खेतमा रोपाइँ गर्ने र दहीच्यूरा खाएर रमाइलो गर्दै असार १५ मनाउने गर्छन्। तर, पछिल्ला केही वर्ष यता भने असार १५ लाई युवायुवतीहरूले रमाइलो र ‘हिलो खेल्ने उत्सव’को रूपमा पनि मनाउन थालेका छन्।

हिजो देशैभर धान दिवस मनाइयो। धान दिवसमा किसाहरुले रोपाइँ गर्दै दहीच्यूरा खाएरै मनाए। तर, देशैभर धान दिवस मनाइरहदा एउटा फरक दृश्य देखियो। उक्त दृश्य खुबै भाइरल भयो। तर, ती युवायुवती को हुन् ?  किन यस्तो गरे ? यो भने चासोको बिषय बनेको छ। कोही कोहीले त पूर्व मन्त्री हरी पराजुलीसँग पनि उक्त घटनालाई जोडे। यस्तो छ उक्त घटनाको वास्तविकता।

को हुन् उनीहरु ? 

तस्वीरमा देखिएकी युवती हुन्, रेसलर अस्मिता ‘जुरेली’। केही समयअघि सन्ध्या तिवारीको अध्यक्षतामा ‘नेकपा एमाले’नाममा दर्ता गरिएको पार्टी (जसको अहिले नाम परिवर्तन गरिएको छ) की सचिव पनि हुन् उनी । विगतमा उनी मोडलिङ पनि गर्थिन् । अहिले महिला रेसलरका रूपमा परिचित छिन् ।

तस्वीरमा देखिएका पुरुष हुन् दोहोरी गायक छत्र शाही। उनी इन्द्रेणी साँझमा काम गर्छन्। हिजो भक्तपुरमा युवा संघ नेपालले पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको प्रमुख आतिथ्यमा आयोजना गरेको रोपाईं कार्यक्रममा आ–आफ्नै हिसाबले उनीहरू सहभागी भएका थिए। धान रोप्ने बहानामा हिलोमै उच्छृङ्खल क्रियाकलाप गरेको भनेर दुवैको सामाजिक सञ्जालमा निकै ट्रोल भइरहेको छ। 

May be an image of 1 person, hair, standing and outerwear

कमेन्ट लोड गर्नुस