सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा चर्को भाडा लिने सवारी चालकलाई सचेत गराइयो

२०७८ असार १६, ०३:०० खबर संवाददाता

धनगढी: कैलालीमा चर्को  सवारी भाडा लिने चालकलाई प्रहरीले सचेत गराएको छ। जिल्ला प्रशासनले सार्वजनिक सवारी यातायात सुचारु गर्ने निर्णय गरेसँगै चालकले बढी भाडा लिने गरेको गुनासो आएको थियो।

गुनासो आएपछि मालाखेती प्रहरीले एक जना गाडी चालकलाई सचेत गराएको छ। लम्की बाट धनगढी जाँदै गरेको विङगरलाई नियन्त्रमा लिएर सचेत गराई पठाएको हो। यात्रुहरुबाट भाडा बढी लिएको गुनासो आएकोले कार्यालय मै चालकलाई बोलाएर बढी भाडा लिएका केही यात्रुहरुको भाडा फिर्ता गराएर सम्झाई बुझाई पठाएको ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रेम शाहीले बताए।

कमेन्ट लोड गर्नुस