सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीका एक दम्पतीद्वारा निषेधाज्ञा अवधिको जम्मै भाडा छुट

२०७८ असार १५, ०६:५३

धनगढी: धनगढीका एक दम्पतीले व्यवसायिक प्रयोजनका लागि लिँदै आएको सटर भाडामा सतप्रतिशत छुट दिने घोषणा गरेका छन्। 

मिश्र जनरल स्टोरका संचालक खेमराज मिश्र र उनकी पत्नी कुर्मा मिश्र दाहालले धनगढीको साल्ट ट्रेडिङ अगाडि रहेको ‘धनगढी सुपर मार्केट’ मा रहेका सटरहरुको भाडा लकडाउनको डेढ महीना अवधिको सत प्रतिशत छुट दिने निर्णय गरेका हुन्।

मिश्र दम्पतीले ती सटरबाट मासिक २ लाख भाडा उठाउँदै आएका थिए। कोरोना भाइरस संक्रमणको जोखिमका कारण लागू गरिएको लकडाउनमा व्यवसायीहरूले व्यापार गर्न नपाएकोले वैशाख र जेठको भाडामा राहत पुगोस् भनेर सो निर्णय गरिएको उनीहरूले बताएका छन्। 

मिश्र दम्पतीले यस अघिपनी कोरोना भाइसरका कारण भएको लकडाउनमा ३ महिनाको भाडामा ५० प्रतिशत छुट दिएका थिए। 

कमेन्ट लोड गर्नुस