सुदूर नेपाललाई विश्वसँग जोड्दै

आमाछोराले कुटपिट गर्दा बुवाको मृत्यु

फाइल फोटो
फाइल फोटो
२०७८ असार १५, ०३:४५ खबर संवाददाता

काठमाडौं : आमा छोराले कुटपिट गर्दा बर्दियामा एक बुवाको मृत्यु भएको छ। 

मधुवन नगरपालिका–४ बादरभरियाका ३८ वर्षीय लक्षिराम थारुको कुटपिटबाट हत्या भएको हो। 

उनको हत्या गरेको अभियोगमा उनकै श्रीमती ३८ वर्षीया सिता थारु र १८ वर्षीय छोरा किशोरलाई हिजो साँझ प्रहरीले पक्राउ गरेको छ।

घरायसी विवादमा श्रीमती र छोराले कुटपिट गर्दा गम्भीर घाइते भएका लक्षिरामको जिल्ला अस्पताल गुलरियामा उपचारको क्रममा मृत्यु भएको थियो। 

घटना सम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 
 

कमेन्ट लोड गर्नुस