सुदूर नेपाललाई विश्वसँग जोड्दै

खहरे खोलाले बगाउँदा मृत्यु

२०७८ असार ९, ०९:११ रासस

दाङ: खहरे खोलाले बगाउँदा आज एक पुरूषको मृत्यु भएको छ।मृत्यु हुनेमा लमही नगरपालिका ३ फल्कापुर निवासी ३५ वर्षीय मणिराम चौधरी छन्।

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालका अनुसार लगातार वर्षापछि फल्कापुरदेखि माथि खहरे खोला बढेर बगाउँदा गम्भीर घाइते भएका चौधरीको उपचारका क्रममा लमही अस्पतालमा आज साँझ ५ बजेतिर मृत्यु भएको हो।

उनी खेतको कामबाट फर्किने क्रममा खोलाले बगाउँदा गम्भीर घाइते भएका थिए। शव परीक्षणका लागि लमही अस्पतालमा राखिएको छ। 

कमेन्ट लोड गर्नुस