सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपाल–भारत सीमामा तारबार लगाउन सुदूरपश्चिम प्रदेश सांसदको माग

२०७८ जेठ ३०, ०६:१९ खबर संवाददाता

धनगढी : नेकपा (एमाले)का सुदूरपश्चिम प्रदेशसभा सदस्य तारा लामा तामाङले भारतसँग जोडिएका सीमा नाकामा तारबार गर्न माग गरेका छन्।

आइतबार प्रदेश सभाको आठौँ अधिवेशनको औं बैठकमा सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि छलफलका क्रममा बोल्दै सत्तारुढ एमालेका सांसद तामाङले सीमावर्ती क्षेत्रमा भारतको ज्यादती बढेको भन्दै यस्तो बताएका हुन्।

'बेलौरीमा हुलाकी सडकको काम गर्दा भारतीय एसएसबी आएर धम्क्याउने गरेको छ। कञ्चनपुरदेखि दार्चुलासम्म सीमा नाकामा समस्या नै समस्या छन्’ तामाङले भने, ‘सबै ठाउँमा नसकेपनि सीमामा तारबार गर्नैपर्छ। राष्ट्रियतासँग जोडिएको विषयमा हामीले यो कदम चाल्नैपर्छ। नीति तथा कार्यक्रममा समेटिएको देखेन। सरकारको ध्यान जाओस्।’ 

उनको निर्वाचन क्षेत्रमा पनि भारतले पटक–पटक ज्यादती गर्दै सीमा मिच्ने गरेको छ । 

कमेन्ट लोड गर्नुस