सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीबाट डाँका चोरी मुद्दाका फरार प्रतिवादी १० वर्षपछि पक्राउ

२०७८ जेठ ३०, ०५:२० खबर संवाददाता

धनगढी: कैलाली प्रहरीले डाँका चोरी मुद्दाका फरार प्रतिवादीलाई १० वर्षपछि पक्राउ गरेको छ।

पक्राउ पर्नेमा धनगढी उप–महानगरपालिका–२ बस्ने ५० वर्षीय गोवीन्दराज अवस्थी रहेका छन्। 

उनले २०६५ मंसीर ५ गते साविकको मालाखेती गाउँ विकास समिति–७ बाट यार्सागुम्बा लगायत नगद तथा जिन्सी सरसमान चोरेका थिए। 

त्यसपछि तत्कालै पक्राउ परी धरौटी तारेखमा छुटेका उनलाई जिल्ला अदालतले २०७८ असार ३१ गते ६ वर्ष कैद र ४५ लाख ३८ हजार ५ सय ५० रुपैँया जरिवानाको सजाय सुनाएको थियो। 

त्यसपछि पुनरावेदन अदालत दिपायल र  सर्वोच्च अदालतले समेत सोही फैसलालाई सदर गरेको थियो। 

उक्त फैसलापछि फरार रहेका अवस्थीलाई शनिबार धनगढी–३ बाट पक्राउ गरिएको  जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले बताए।

पक्राउ परेका गोवीन्द राज अवस्थीलाई आवश्यक कारवाहीका लागि अदालतमा पेश गरिएकोमा अदालतले कैद भुक्तानका लागि कारागार चलान गरिएको उनले बताए। 

कमेन्ट लोड गर्नुस