सुदूर नेपाललाई विश्वसँग जोड्दै

सेती अस्पतालमा गरिएको परीक्षणमा थप ३ जनामा कोरोना, आज पनि मृत्यु शून्य

२०७८ जेठ ३०, ०३:३२ खबर संवाददाता

धनगढीः आइतबार सेती प्रादेशिक अस्पतालमा थप ३ जनामा कोरोना भाइरसको संक्रमण पुस्टि भएको छ। 

पछिल्लो २४ घण्टामा अस्पतालमा ९७ जनाको नमुना परीक्षण गर्दा थप ३ जनामा संक्रमण पुस्टि भएको अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले बताए। 

पछिल्लो २४ घण्टामा अस्पतालबाट जना डिस्चार्ज भएका छन् भने थप २ जना नयाँ संक्रमित भर्ना भएका छन्। हाल अस्पतालमा २२ जना संक्रमित उपचाररत छन्। १२ जना आईसीयूमा र १ जना भेन्टिलेटरमा उपचाररत रहेको सूचना अधिकारी श्रेष्ठले बताए।

शनिबार जस्तै आज पनि पछिल्लो २४ घण्टामा अस्पतालमा ज्यान गुमाउने संक्रमितको संख्या शून्य छ।  

कमेन्ट लोड गर्नुस