सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा निषेधाज्ञा थप गर्ने तयारी

२०७८ जेठ ३०, ०३:१६ खबर संवाददाता

धनगढी: जिल्ला प्रशासन कार्यालय कैलालीले अझैँ एक हप्ता निषेधाज्ञा थप्ने तयारी गरेको छ। 

कैलालीमा आगामी असार ७ गतेसम्मका लागि निषेधाज्ञा थप गर्ने तयारी भइरहेको सूचना अधिकारी शिवराज जोशीले बताएका हुन्। उनका अनुसार यस विषयमा निर्णय भने भइसकेको छैन। 

डीसीसीएमसीको निर्णय हुन बाँकी रहेपनि जिल्लामा अझै पनि संक्रमण दर नघटेको र जनजीवन प्रभावित भएको अवस्थालाई मध्यनजर गरी निषेधाज्ञा थप्ने तयारी भइरहेको सूचना अधिकारी जोशीले बताए। 

कैलाली प्रशासनले गत वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी गरेको थियो।

कमेन्ट लोड गर्नुस