सुदूर नेपाललाई विश्वसँग जोड्दै

स्वास्थ्य आपूर्ति केन्द्र धनगढी आइपुग्यो ३० हजार एन्टिजेन किट

२०७८ जेठ ३०, ११:२० खबर संवाददाता

धनगढीः स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र धनगढीमा ३० हजार एन्टिजेन किट पुगेको छ। 

स्वास्थ्य सेवा विभाग काठमाडौँबाट ती किट शनिबार धनगढी आइपुगेको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका निमित्त प्रमुख पदम विष्टले बताए। 

कोरोना भाइरसको संक्रमण नियन्त्रणमा नआएको र सिमा नाकामा समेत भारतबाट नेपाल भित्रिने नेपालीहरुको संख्या पनि बढिरहेका बेला एन्टिजेन किट प्राप्त भएसँगै कोरोना परीक्षणमा सहजता हुने उनले बताए। 

प्राप्त भएका एन्टिजेन किटमध्ये माग अनुसार कञ्चनपुरमा ३५ सय किट पठाइएको छ। सुदूरपश्चिमका अन्य जिल्लाहरुमा भने एक दुई दिन भित्रमा पठाइने छ भने, बाँकी किट केन्द्रमा मौज्दात राखिने छ।   

भारतबाट नेपाल भित्रिने नेपालीहरुको संख्या बढ्दै गएको र भारतबाट कोरोना भित्रिने जोखिम पनि यथावत रहेकोले सीमा नाकाहरुलाई प्राथमिकतामा राखेर किट वितरण गरिएको विष्टको भनाई छ।

कमेन्ट लोड गर्नुस