सुदूर नेपाललाई विश्वसँग जोड्दै

दाइजोमा ग्यास चुल्हो र सिलिन्डर नल्याएको भन्दै दुलहीलाई कुटियो

फाइल फोटो
फाइल फोटो
२०७८ जेठ २९, ०६:४३ खबर संवाददाता

काठमाडौं :दाइजोमा ग्यास चुल्हो र सिलिन्डरलगायतका सामग्री नल्याएको भन्दै सर्लाहीमा एक नवदुलहीमाथि निर्घात कुटपिट भएको छ। 

श्रीमानसहित परिवारका सदस्यले महोत्तरीको सम्सी गाउँपालिका–६ माइत भएकी २१ वर्षीया छोरी अमृताकुमारी साहमाथि निर्घात कुटपिट गरेका हुन्। 

उनले गत वैशाख १३ गते सर्लाही हरिपूर्वा नगरपालिका—२ का २४ वर्षीय जोगनारायण साहसँग विवाह गरेका थिइन्। 

माइती पक्षले सर्लाहीको शान्ति सेवा केन्द्र र जिल्ला प्रहरी कार्यालयमा दोषीलाई कारबाहीको माग गर्दै उजुरी दर्ता गराएका छन्।

कुटपिटमा संग्लन अमृताका श्रीमान् र ससुरालाई प्रहरीले पक्राउ गरेको छ भने अन्य सदस्य भागेकाले खोजी जारी रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक सन्तोष सिंह राठौरले बताए।

कमेन्ट लोड गर्नुस