सुदूर नेपाललाई विश्वसँग जोड्दै

वैद्यलाई कारवाही गर्न माग गर्दै गृहमन्त्रीलाई ज्ञापन पत्र

२०७८ जेठ २९, ०५:५३ खबर संवाददाता

काठमाडौँ: नेपाली कांग्रेसका बागमती प्रदेश सांसद नरोत्तम वैद्यलाई कारबाही गर्न माग गर्दै गृहमन्त्रीलाई ज्ञापन पत्र बुझाइएको छ।

नेकपा एमालेका विभिन्न १५ वटा जनसंगठनहरुले वैद्यलाई कारबाही गर्न माग गर्दै गृहमन्त्री खगराज अधिकारीलाई ज्ञापन पत्र बुझाएका हुन्।

ज्ञापनपत्र बुझ्दै गृहमन्त्री अधिकारीले कानून कार्यान्वयन गर्दा व्यक्तिको ओहोदा नहेरी संविधान र कानुनले दिएको अधिकार प्रयोग गर्ने बताए ।

कमेन्ट लोड गर्नुस