सुदूर नेपाललाई विश्वसँग जोड्दै

रुसमा कोरोना भाइरसका सङ्क्रमित बढ्न थाले

File photo
File photo
२०७८ जेठ २९, ०५:२७ रासस

वाशिङ्टन: रुसमा पछिल्ला केही दिनयता कोरोना भाइरसका संङ्क्रमितहरु बढ्न थालेका बताइएको छ। रुसमा शनिबारमात्रै १३ हजारभन्दा बढी कोरोना सङ्क्रमित फेला परेका छन्।

रुसमा गएको २४ घन्टामा यति धेरै सङ्क्रमित भेटिएका हुन् । यससँगै रुसमा सङ्क्रमितको संख्या करिब ५२ लाख पुगेका बताइएको छ।

रुसका अधिकारीहरुले चार महिनापछि यति धेरै सङ्क्रमित एकै दिन भेटिएका जनाएका छन् ।रुसका स्वास्थ्य सम्बन्धी अधिकारीहरुले यही जुन २ तारिखदेखि रुसमा कोरोना भाइरसका सङ्क्रमितहरु थपिदै गएका बताएका छन्।

ती अधिकारीहरुले शनिबार मात्र यहाँ १३ हजार ५१० जना सङ्क्रमित थपिएका र ती सङ्क्रमितहरु गएको फेबु्रअरी महिनाको २ तारिखपछि अहिले सम्मकै सबैभन्दा धेरै भएको पनि बताइएको छ।

यहाँ गर्मीयामको शुरुवातामा मानिसहरु ठूलो संख्यमा जम्मा हुन थालेका र त्यसका कारण पछिल्लो समयमा कोरोनाका सङ्क्रमितहरु पनि बढ्न थालेका पाइएको अधिकारीहरुले जनाएका छन्।

यहाँ कोरोना भाइरसका कारण १ लाख २६ हजार जना भन्दा बढीले ज्यान गुमाएका छन्। पछिल्लो २४ घन्टामा मात्र यहाँका कम्तीमा ३९९ जनाको ज्यान गएको पनि बताइएको छ। यहाँका अधिकारीहरुले रुसमा दोस्रो लहरको संक्रमण तीव्र रुपमा फैलिएको पनि बताएका छन्।

कमेन्ट लोड गर्नुस