दिपक मनाङेको गृहमन्त्री बन्ने इच्छा
गण्डकी: गण्डकी प्रदेशसभा सदस्य राजिव गुरुङ उर्फ दिपक मनाङेले विपक्षी गठबन्धनको सरकारमा आन्तरिक मामिला तथा कानुन मन्त्रालय मागेका छन्।
प्रदेशको गृह मन्त्रालय मानिने आन्तरिक मामिला तथा कानुन मन्त्रालय आफूले पाउनुपर्ने मनाङेको माग छ।
सरकारमा मन्त्री रहेकी अवस्थामा मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङलाई विश्वासको मत दिन अनुपस्थित रहेका मनाङेले विपक्षीलाई नयाँ सरकार बनाउन सघाउनका लागि आफूलाई आन्तरिक मामिला मन्त्रालय मागेका हुन्।
प्रदेश सरकारमा युवा तथा खेलकुद मन्त्री रहेका मनाङेलाई विश्वासको मत दिनका लागि अनुपस्थित भएपछि मुख्यमन्त्री गुरुङले बर्खास्त गरेका थिए।