सुदूर नेपाललाई विश्वसँग जोड्दै

वनभोज खान गएको सरकारी कार दुर्घटना

२०७८ जेठ २९, ०३:३७ खबर संवाददाता

काठमाडौं : प्यूठानमा एक सरकारी गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

वनभोज खान जाने क्रममा कोष तथा लेखा नियन्त्रण कार्यालय प्यूठानको घ १ झ ५ नम्बरको कार मल्लरानी गाउँपालिका–४ मल्लरानी नजिकै दुर्घटना हुँदा दाङ तुल्सीपुर उपमहानगरपालिका–४ का प्रकाश आचार्यको मृत्यु भएको हो ।

खलंगाबाट मल्लरानीमा वनभोज खान सरकारी कर्मचारीहरूलाई ओसारपसार गर्दा कार दुर्घटनामा परेको प्रहरीको भनाइ छ।

जिल्ला प्रहरी कार्यालय प्युठानका प्रवक्ता प्रहरी निरीक्षक देवीप्रसाद गैरेले कार कच्ची सडकबाट चिप्लिएर ७० मिटर तल खसेर पूर्णरुपमा क्षतिग्रस्त भएको बताए।

दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

कमेन्ट लोड गर्नुस