सुदूर नेपाललाई विश्वसँग जोड्दै

त्रिनगर–गौरीफन्टा नाकामा खटिएका सुरक्षाकर्मीलाई स्वास्थ्य सामग्री वितरण

२०७८ जेठ २९, ०३:३१ खबर संवाददाता

धनगढी: नेपाल–भारत सीमा क्षेत्र त्रिनगर–गौरीफन्टा नाकामा खटिएका सुरक्षाकर्मीलाई मास्क र सेनिटाइजर वितरण गरिएको छ। 

नेपाल–भारत मैत्री संघले भारतीय सुरक्षाकर्मी तथा नेपाली सुरक्षाकर्मीलाई मास्क र सेनिटाइजर वितरण गरेको हो। 

संघले नेपाल–भारत आउजाउ गर्नेलाई समेत मास्क र सेनिटाइजर वितरण गरेको नेपाल भारत मैत्री संघका केन्द्रिय उपाध्यक्ष हरिशंकर ठाकुरले बताए। उनले भारतीय सीमा सुरक्षाबल(एसएसबी) का कमान्डेन्ट मुन्ना सिंहलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको बताए। 

स्वास्थ्य सामाग्री बुझ्दै कमान्डेन्ट सिंहले नेपाल भारत मैत्री संघलाई धन्यवाद दिएका छन्। 

संघले भारतका गौरैफन्टा कोतवाली, कस्टमका साथै सीमामा खटिएका नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई समेत मास्क र सेनिटाइजर वितरण गरेको जनाएको छ।

कमेन्ट लोड गर्नुस