सुदूर नेपाललाई विश्वसँग जोड्दै

ज्ञानेन्द्र शाहीको समूहमाथि आक्रमण ! (भिडिओसहित)

२०७८ जेठ २९, ११:४७ खबर संवाददाता

काठमाडौं: आफूलाई सामाजिक अभियान्ता भन्ने ज्ञानेन्द्र शाहीले आफूहरुकोे समूहमाथि आक्रमण भएको बताएका छन्।  

शुक्रबार राति सुर्खेतमा आफूहरुको समूहमाथि आक्रमण भएको भन्दै शाहीले सामाजिक सञ्जालमा एक भिडियो पोस्ट गरेका छन्।

आफूसहित राजेश महत, कृष्ण पाण्डे, तिलक बस्नेत, नीतु खड्का, लोक बहादुर रोकाया, शान्त शर्मा, सीता आचार्य, महेश बीसी र खगेन्द्र बजगाईंमाथि आक्रमण भएको शाहीले जनाएका छन्।

सुर्खेतका प्रहरी प्रमुख राजेन्द्र भट्टले शाहीको समूह र स्थानीयबीच झडप भएको बताए। उनले आक्रमणबाट घाइते भएकाहरुको अवस्था सामान्य रहेको पनि बताए।

 


 

कमेन्ट लोड गर्नुस