सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रधानमन्त्रीलाई हत्याको धम्की !

२०७८ जेठ २९, ०९:१५ खबर संवाददाता

काठमाडौं: नेपाली कांग्रेसका बाग्मती प्रदेश सांसद नरोत्तम वैद्यले प्रदेश सभामा प्रधानमन्त्री केपी शर्मा ओलीको हत्या गर्न तत्पर रहेको अभिव्यक्ति दिएका छन्।

शुक्रबार बाग्मती प्रदेश सरकारको नीति तथा कार्यक्रममाथि छलफलमा भाग लिँदै कांग्रेस सांसद वैद्यले प्रधानमन्त्री ओलीको हत्या गर्न आफू नाथुराम गोट्से बन्न तयार रहेको अभिव्यक्ति दिएका हुन्। उनको उक्त विवादित र आपत्तिजनक अभिव्यक्तिको सामाजिक सञ्जालमा आलोचना भएको छ।

वैद्यले महात्मा गान्धीको उदाहारण दिँदै प्रधानमन्त्री ओलीका लागि आफू नाथुराम गोट्से बन्न तयार रहेको बताएका हुन्। १९४८ जनवरी ३० मा नाथुराम गोट्सेले महात्मा गान्धीको हत्या गरेका थिए। वैद्यको उक्त अभिव्यक्तिपछि उनलाई कतिपयले आत्मआलोचना गर्न भनेका छन् भने कतिपयले तुरुन्त पक्राउ गरेर कारबाही गर्न माग गरेका छन्।
 

कमेन्ट लोड गर्नुस