सुदूर नेपाललाई विश्वसँग जोड्दै

शुक्रबार सुदूरपश्चिममा २ जना संक्रमितको मृत्यु, १३१ जना निको

२०७८ जेठ २८, ०६:०९ खबर संवाददाता

धनगढीः सुदूरपश्चिम प्रदेशमा शुक्रबार २ जनाको मृत्यु भएको छ।

कैलालीका मात्रै २ जनाको मृत्यु भएको हो। 

पछिल्लो २४ घण्टामा १३१ जना संक्रमित निको भई घर फर्किएका छन्। 

पछिल्लो २४ घण्टामा सुदूरपश्चिम प्रदेशका ५ वटा प्रयोगशालामा ४४० नमुना पीसीआर तथा ४ वटा सीमानाकामा १ हजार ३३० नमूना ऐन्टिजेन विधिबाट परीक्षण भएका छन्।

यी दुवै विधिबाट गरिएको परिक्षणमा २४९ जनामा संक्रमण पुस्टि भएको छ। 

सेती प्रादेशिक अस्पताल प्रयोगशालामा ३७४ जनाको नमूना परीक्षण गर्दा १०० जना, महाकाली अस्पतालमा १६ जनाको नमुना परीक्षण गर्दा ६ जना, डडेल्धुरा अस्पतालमा ११ जनाको नमूना परीक्षण गर्दा ३ जना, डोटी अस्पतालमा ३० जनाको नमूना परीक्षण गर्दा ७ र अछामको कमल बजार प्रयोगशालामा ९ जनाको परिक्षण गर्दा ९ जनामै संक्रमण पुस्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ।

हालसम्म पीसीआर र ऐन्टिजेन विधिबाट सुदूरपश्चिममा २ लाख ४५ हजार ८८ नमूना परीक्षण गर्दा ४२ हजार ५९६ जनामा संक्रमण पुस्टि भएको छ।

हालसम्म प्रदेशभर संक्रमण पुस्टि भएका ३२ हजार ५३६ जनाले कोरोना जितेका छन् भने, ५५३ जनाको मृत्यु भएको छ।
 

कमेन्ट लोड गर्नुस