सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रहरी भ्यानको ठक्करबाट एक जनाको मृत्यु

२०७८ जेठ २८, ०३:३५ खबर संवाददाता

प्रहरी भ्यानको ठक्करबाट एक जनाको मृत्यु भएको छ। 

पूर्वपश्चिम राजमार्ग अन्तरगत दाङको राप्ती गाउँपालिका वडा नम्बर २ लालमटियामा बिहीबार राति १२ बजेतिर भएको दुर्घटनामा अन्दाजी ३५ वर्षीय पुरुषको मृत्यु भएको हो।

भे १ प ८४२२ नम्बरको मोटरसाइकलमा सवार उनलाई प्रहरीको लुअच ५३३४ नम्बरको भ्यानले ठक्कर दिँदा उछिट्टएिर विद्युतको पोलमा टाउको ठोक्किंदा मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

प्रहरीको उक्त नयाँ गाडी काठमाडौंबाट जिल्ला प्रहरी कार्यालय बाँकेतर्फ लैजाँदै गरेको अवस्थामा उक्त दुर्घटना भएको हो। इलाका प्रहरी कार्यालय भालुवाङले मृतकको पहिचान खुलिनसकेकोे जनाएको छ। 

 

कमेन्ट लोड गर्नुस