सुदूर नेपाललाई विश्वसँग जोड्दै

सेती अस्पतालमा भएको परीक्षणमा थप १०० जनामा कोरोना, १ जनाको मृत्यु

२०७८ जेठ २८, ०२:३७ खबर संवाददाता

धनगढीः शुक्रबार सेती प्रादेशिक अस्पतालमा थप १०० जनामा कोरोना भाइरसको संक्रमण पुस्टि भएको छ। 

पछिल्लो २४ घण्टामा अस्पतालमा ३७३ जनाको नमुना परीक्षण गर्दा थप १०० जनामा संक्रमण पुस्टि भएको अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले बताए।

पछिल्लो २४ घण्टामा अस्पतालबाट ९ जना डिस्चार्ज भएका छन् भने थप ३ जना नयाँ संक्रमित भर्ना भएका छन्। हाल अस्पतालमा १९ जना संक्रमित उपचाररत छन्। ५ जना आईसीयूमा उपचाररत रहेको रहेको सूचना अधिकारी श्रेष्ठले बताए।

यस्तै पछिल्लो २४ घण्टामा अस्पतालमा उपचाररत थप १ जना संक्रमितले ज्यान गुमाएका छन्। 

कमेन्ट लोड गर्नुस