सुदूर नेपाललाई विश्वसँग जोड्दै

जापानका प्रधानमन्त्री चीन भ्रमणमा

। फोटो स्रोत ।
२०७५ कार्तिक ८, ०२:३९ खबर संवाददाता

जापानका प्रधानमन्त्री शिन्जो आबे चीनसँगको सम्बन्ध सुधार गर्ने तथा नयाँ आर्थिक साझेदारी निर्माण गर्ने उद्देश्यसहित बिहिबार चीनको भ्रमणमा गएका छन। जापानका प्रधानमन्त्री आबेको यो चीन भ्रमण सन २०११ यता पहिलो पटक हुन लागेको हो। दुबै मुलुकबीच दक्षिणी चीन सागरका केही द्वीपको स्वामित्व विवाद चुलिएसँगै सन २०१२ देखि उच्चस्तरीय भ्रमण हुन सकेको थिएन। सन २०१४ मा प्रधानमन्त्री आबे र चिनीया राष्ट्रपति सी जिनपिङबीच एक शिखर बैठकका क्रममा भेटवार्ता भएपछि मात्र दुबै देशबीच मन्त्रीस्तरीय भ्रमण आदानप्रदान भएका थिए।  

 
 

कमेन्ट लोड गर्नुस