सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा लागुऔषधसहित २ जना पक्राउ

२०७८ जेठ २७, ०८:५३ खबर संवाददाता

धनगढीः कञ्चनपुरमा लागुऔषधसहित २ जना पक्राउ परेका छन्।

जिल्लाको भीमदत्त नगरपालिका वडा नम्बर १८ बस्ने अभय सिहं र सोहि ठाउँका हरिस बोहोरालाई प्रहरीले पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहतबाट खटिएको प्रहरी टोलीले जिल्ला कञ्चनपुर भिमदत्त नगरपालिका २ उल्टाखाम पुजारा बोडिङ् स्कुल नजिकबाट २.०४ ग्राम खैरो हेरोईनसहित उनिहरुलाई पक्राउ गरेको हो।  

उनीहरुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले बताएको छ।
 

कमेन्ट लोड गर्नुस