H-A

सुदूर नेपाललाई विश्वसँग जोड्दै

२०७८ असार १०, बिहिवार ०४:०६
Jun 24 2021, Thursday
04:06:16 AM

टिप्पर र कार ठोक्किदा कार चालकको मृत्यु

विज्ञापन
फाइल फोटो
फाइल फोटो
रासस
२०७८ जेठ २७ ०६:३२
अ+

धादिङ: गजुरी गाउँपालिका–६, जहरेखेतमा आज सवारी दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।

पृथ्वीराजमार्ग अन्तर्गत गाउँपालिकाको जहरेखेतमा टिप्पर र कार एकाापसमा ठोक्किएर भएको दुर्घटनामा एक जनाको मृत्यु भएको हो।

मृत्यु हुनेमा कार चालक दोलखा मेलुङ गाउँपालिका–१० का प्रकाश अधिकारी छन् भने घाइते हुनेमा कारमा सवार तनहुँको शुक्लागण्डकी नगरपालिका–८ का ४० वर्षीय दिलबहादुर श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक महेन्द्र खड्काले जानकारी दिए।

गजुरीबाट काठमाडौँतर्फ जादै गरेको बा ४ च २७९ नम्बरको कार र बिपरित दिशाबाट आउदै गरेको बा ३ ख ७३९३ नम्बरको ट्रिपर एकआपसमा ठक्कर खादा दुर्घटना भएको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए।

विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
Skip Ad