सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरको वेदकोट नगर कोभिड अस्पताललाई सहयोग

२०७८ जेठ २७, ०५:१७ खबर संवाददाता

धनगढी: कञ्चनपुरको वेदकोट नगरपालिका -३ स्थित सामादैजीमा रहेको वेदकोट नगर कोभिड अस्पताललाई सहयोग प्राप्त भइरहेको छ।

अस्पताललाई बिहीबार नगरपालिकाको वडा नम्बर ९ सुन्दरपुरमा रहेको उदयदेव अनमोल क्रसर उद्योगका प्रबन्धक तेज बहादुर चन्द र नारद पाण्डेयले पाँच वटा भरिएको अक्सिजन सिलिन्डर सहयोग गरेका हुन्।

यस्तै कञ्चनपुर उद्योग वाणिज्य संघले पनि कोभिड अस्पताललाई पाँच वटा भरिएको अक्सिजन सिलिन्डर सहयोग गरेको छ। 

यसैगरी नगरपालिकाको वडा नम्बर ७ का हाल नेदरल्याण्डमा रहेका बिक्कि ठकुरीले अस्पताललाई २० हजार रुपैयाँ सहयोग गरेका छन्। उनले ४२ किलोमिटरको म्याराथुन दौडमा सो रुपैयाँ प्रथम पुरस्कार वाफत पाएका थिए।

सो रकमको चेक उनले आफ्ना बुवाआमामार्फत कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि अस्पताललाई सहयोग गरेका हुन्। 

कमेन्ट लोड गर्नुस