सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रधानमन्त्री ओलीले गरे मन्त्रिपरिषद् विस्तार, को-को बने मन्त्री ?

२०७८ जेठ २७, ०३:४९ खबर संवाददाता

काठमाडाैं: प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार गरेका छन्।

प्रधानमन्त्री ओलीले बिहीबार मन्त्रिपरिषद् विस्तार गरेका हुन्। यससँगै ओली नेतृत्वको मन्त्रिपरिषद् राज्यमन्त्रीसहित २५ सदस्यीय बनेको छ।

बिहीवार मन्त्रिपरिषद् विस्तार गर्दा थापाकी पत्नी नैनकला थापालाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी दिइएको छ।

त्यस्तै पूर्वमाओवादीबाट एमाले प्रवेश गरेकी ज्वालाकुमारी साह कृषि तथा पशुपन्छी विकास, पहिले एमालेको माधव नेपाल समूहमा रहेका र पछिल्ला दिनमा मौन देखिएका गणेश पहाडी सङ्घीय मामिला तथा सामान्य प्रशासन, एमालेकै मोहन बानियाँ बिनाविभागीय, नारदमुनि राना वन तथा वातावरण र जनता समाजवादी पार्टीका राजकिशोर यादव उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री नियुक्त भएका छन्।

एमालेकै आशा विकले वन तथा वातावरण राज्यमन्त्रीको जिम्मेवारी पाएकी छन्।

कमेन्ट लोड गर्नुस