सुदूर नेपाललाई विश्वसँग जोड्दै

चितुवाको छालासहित सुदूरपश्चिमका २ जना पक्राउ

२०७८ जेठ २७, ०१:२६ खबर संवाददाता

धनगढी: प्रहरीले चितुवाको छालासहित काठमाडौंको कीर्तिपुरबाट २ जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा बझाङ घर भएका २९ वर्षीय नारायण ठगुन्ना उर्फ सागर सिंह र दार्चुला घर भएका गिरिजा सिंह ठगुन्ना छन्। 

उनीहरुको साथबाट एकथान चितुवाको छाला बरामद गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) रमेश बस्नेतले बताए।

पक्राउ परेका दुवैमाथि थप अनुुसन्धान भइरहेको उनले बताए। 
 

कमेन्ट लोड गर्नुस