सुदूर नेपाललाई विश्वसँग जोड्दै

बालबालिकालाई सङ्क्रमणबाट जोगाउन आग्रह

फाईल तस्बिर
फाईल तस्बिर
२०७८ जेठ २६, ०९:३५ रासस

बर्दियामा कोरोना भाइरसको तेस्रो लहर फैलिए सबैभन्दा बढी बालबालिका सङ्क्रमित हुने जोखिम रहेको चिकित्सकहरुले जानकारी दिएका छन्। चिकित्सकहरु यस्तो अवस्था आए सरकारी तयारी खासै नभएको गुनासो पोख्छन्। 

बर्दिया जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सुभाष पाण्डेले दुई वर्षदेखि १६ वर्षसम्मका बालबालिकाका लागि अहिलेसम्म कुनै खोप नआएकाले उनीहरु बढी जोखिममा रहेको बताए। 

जिल्लामा हाल एक वर्षदेखि ११ वर्षसम्मका बालबालिका कोरोना सङ्क्रमित भएको स्वास्थ्य कार्यालयले बर्दियाको प्रमुख गोर्कण गिरीले बताए। स्वास्थ्य कार्यालय बर्दियाको प्रमुख गिरीले दिएको जानकारी अनुसार शनिबारसम्म २७ जना बालक र २२ जना बालिका सङ्क्रमित भएका छन्। 

कोरोना सङ्क्रमित बालबालिका होम आइसोलेसनमा बसेका छन्। दोस्रो चरणको कोरोना फैलिएपछि बर्दियामा १८२ जना बालबालिका निको भएको स्वास्थ्य कार्यालयले जनाएको छ। तीमध्ये बालक ९६ र बालिका ८३ रहेका छन्। 

ठाकुरबाबा नगरपालिकामा—११ बालबालिका होम आइसोलेसनमा रहेका छन्। गुलरिया र बाँसगढी नगरपालिकामा आठ र आठ, बारबर्दियामा छ, राजापुरमा पाँच बालबालिका कोरोना सङ्क्रमित भएको स्वास्थ्य कार्यालयले जनाएको छ। 

बर्दियामा बाल चिकित्सकको अभाव छ। बालबालिकालाई सङ्क्रमण भए छुट्टै कोभिड अस्पताल पनि छैन। जिल्लामा एउटा पनि बालबालिकाका लागि विशेष अस्पताल नहुँदा स्थानीयवासी सास्ती भोग्न बाध्य छन्। 

 कोरोना सङ्क्रमणको तेस्रो लहरले बालबालिकालाई बढी असर गर्ने भन्दै बालबालिका हेर्न चिकित्सक विज्ञहरूले अस्पतालमा निश्चित शय्या छुट्याएर आवश्यक तयारी गर्न सुझाव दिएका छन्। कोरोनाको पहिलो र दोस्रो लहरमा ‘हटस्पट’ बनेको लुम्बिनी प्रदेशको बर्दियामा बालबालिकालाई सङ्क्रमणबाट जोगाउन कुनै तयारी नहँुदा चिन्ता व्यक्त गरेका छन्। 
 

कमेन्ट लोड गर्नुस