सुदूर नेपाललाई विश्वसँग जोड्दै

मंगलबार सुदूरपश्चिममा मृत्यु हुनेको संख्या शुन्यमा झर्‍यो, ४३६ जना निको

२०७८ जेठ २५, ०६:०५ खबर संवाददाता

धनगढीः सुदूरपश्चिम प्रदेशमा मंगलबार मृत्यु हुनेको संख्या शुन्यमा झरेको छ। 

पछिल्लो २४ घण्टामा सुदूरपश्चिम प्रदेशका ६ वटा प्रयोगशालामा ६२२ नमुना पीसीआर तथा ४ वटा सीमानाकामा ८ सय ९९ नमूना ऐन्टिजेन विधिबाट परीक्षण भएका छन्। 

यी दुवै विधिबाट गरिएको परिक्षणमा २९३ जनामा संक्रमण पुस्टि भएको छ। 

सेती प्रादेशिक अस्पताल प्रयोगशालामा ३९७ जनाको नमूना परीक्षण गर्दा १५४ जना, महाकाली अस्पतालमा २९ जनाको नमुना परीक्षण गर्दा ११ जना, डडेल्धुरा अस्पतालमा ७८ जनाको नमूना परीक्षण गर्दा १० जना, डोटी अस्पतालमा ४७ जनाको नमूना परीक्षण गर्दा २० जना, बैलडी अस्पतालमा ८१ जनाको नमूना परीक्षण गर्दा १४ जना र अछामको कमलबजार प्रोगशालामा ३० जनाको परिक्षण गर्दा ८ जनामा संक्रमण पुस्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ। 

हालसम्म पीसीआर र ऐन्टिजेन विधिबाट सुदूरपश्चिममा २ लाख ३९ हजार ९३२ नमूना परीक्षण गर्दा ४१ हजार ८६९ जनामा संक्रमण पुस्टि भएको छ। हालसम्म प्रदेशभर संक्रमण पुस्टि भएका ३१ हजार ६२३ जनाले कोरोना जितेका छन् भने, ५४२ जनाको मृत्यु भएको छ।

कमेन्ट लोड गर्नुस