सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रहरी चौकीमा आक्रमण गर्ने ५ जना पक्राउ

२०७८ जेठ २५, ०५:३९ खबर संवाददाता

काठमाडौं: विराटनगर धरान उपमहानगरपालिका–१५ मा रहेको अस्थायी प्रहरी चौकीमा आक्रमण गर्ने ५ जनालाई प्रहरीले पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा २४ वर्षीय बिक्रम राई, २७ वर्षीय सिजन राई र कालु भन्ने २६ वर्षीय सरोज लिम्बु रहेका छन्। तीनै जनालाई प्रहरीले  जेठ १८ गते नै पक्राउ गरेको थियो।

यस्तै प्रहरीका अनुसार मुख्य आरोपी रेगन र वसन्तलाई पनि पक्राउ गरिएकाे छ।

उनीहरू विरुद्ध जिल्ला अदालत सुनसरीमा मुलुकी अपराध संहिता २०७४ अन्तर्गत ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले बताएको छ। 

जेठ १३ गते साँझ प्रहरी चौकीमा १० जना युवाहरूको समूहले आक्रमण गरेको थियो। आक्रमणमा परी सोही चौकीका इञ्चार्ज घाइते भएका थिए।
 

कमेन्ट लोड गर्नुस