सुदूर नेपाललाई विश्वसँग जोड्दै

थप १०८ जना संक्रमितको मृत्यु, ५ हजार १५३ जनामा कोरोना पुष्टि

फाइल फोटो
फाइल फोटो
२०७८ जेठ २५, ०५:२६ खबर संवाददाता

काठमाडौँ ः पछिल्लो २४ घण्टामा थप ५ हजार १५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना संक्रमणका कारण १०८ जनाको मृत्यु भएको छ र ६५७० जना संक्रमणमुक्त भएका छन्।

पछिल्लो २४ घण्टामा १२ हजार ६५ पीसीआर परीक्षणमा ३८७० र ५६११ एन्टिजेन परीक्षणमा १२८३ जना गरी कुल ५१५३ जनामा संक्रमण पुष्टि भएको हो।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६ लाख ११ हजार ३०८ पुगेको छ। जसमध्ये ५ लाख ४५ हजार ३० जना निको भएका छन्। देशभर सक्रिय संक्रमितको संख्या ८२ हजार ७३६ रहेको छ।

कोरोना भाइरस संक्रमणबाट हालसम्म ८०९८ जनाको मृत्यु भएको छ।

कमेन्ट लोड गर्नुस