सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको मानवसेवा आश्रमलाई सहयोग

२०७८ जेठ २५, ०४:०४

धनगढीः नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका सुदूरपश्चिम संयोजक टेकराज जोशीले मानवसेवा आश्रमलाई सहयोग गरेका छन्। 

उनले आफ्ना छोरा अच्युत जोशीको ११औँ जन्मोत्सवको अवसरमा सहयोग गरेका हुन्। उनले आश्रममै पुगेर ७ हजार बराबरको भोजन सहयोग गरेको मानवसेवा आश्रमले जनाएको छ। 

यस्तै धनगढी  मिड सिटि ग्रुपले पनि आश्रमलाई सहयोग गरेको छ। ग्रुपका अध्यक्ष श्यामकृष्ण खतिवडासहितका पदाधीकारीहरुले आश्रममै पुगेर ७ हजार ५ सय बराबरको भोजन सहयोग गरेको आश्रमले जनाएको छ। 


 

कमेन्ट लोड गर्नुस