सुदूर नेपाललाई विश्वसँग जोड्दै

आगलागीमा परी तीन घाइते

२०७८ जेठ २५, ११:३८ रासस

पाँचथर: गएराति भएको आगलागीमा परी यहाँको एकै घरका तीन जना घाइते भएका छन्।

पाँचथरको फिदिम नगरपालिका–४ जोरसालका दीननाथ सापकोटाको घरमा आगलागी हुँदा ७२ वर्षीया तनमाया, ४९ वर्षीय दीननाथ र ३१ वर्षीय मदन सापकोटा घाइते भएका हुन्। 

खाना पकाउने ग्याँस चुहिएर अचानक आगलागी भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ। आगलागीमा तनमायाको शरीरका विभिन्न भाग जलेका छन्। 

यस्तै दीननाथको बायाँ हात र खुट्टा तथा मदनको दायाँ हात र पेट जलेको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी डम्बर विश्वकर्माले जानकारी दिए। घाइतेलाई जिल्ला अस्पताल फिदिम भर्ना गरिएको छ।

आगलागी सुरक्षाकर्मी र स्थानीयवासीले समयमै नियन्त्रणमा लिँदा अन्य क्षति भने नभएको प्रहरीले जनाएको छ। 

कमेन्ट लोड गर्नुस