सुदूर नेपाललाई विश्वसँग जोड्दै

बोराभित्र भेटियो वयस्क व्यक्तिको खुट्टा

फाइल फोटो
फाइल फोटो
२०७८ जेठ २५, ११:१९ खबर संवाददाता

काठमाडौं: बौद्धको टाउन प्लानिङमा भेटिएको बोराभित्र वयस्क व्यक्तिको एउटा खुट्टा फेला परेको छ।

सुरुमा शव फेला परेको भनिए पनि प्रहरी टोलीले बोरा खोलेर हेर्दा त्यसभित्र घुँडादेखि मुनिको एउटा खुट्टा फेला परेको हो।

काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहले बोराभित्र शवको खुट्टा र घुँडाको भाग मात्र देखिएको जानकारी दिए। 

अन्यत्र कतै हत्या गरेर त्यता फालेको हुनसक्ने उनको भनाइ छ। एसएसपी सिंहका अनुसार शवको प्रकृति हेर्दा करिब तीन हप्ता पुरानो जस्तो देखिएको छ। 

थप विवरण पोस्टमार्टमपछि मात्रै खुल्ने उनले बताए।

 

कमेन्ट लोड गर्नुस