सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिम प्रदेश सभा बैठक सुरु, मुख्यमन्त्री भट्टले विश्वासको मत मागे

२०७८ जेठ २५, ११:०० खबर संवाददाता

धनगढीः सु्दूरपश्चिम प्रदेश सभाको बैठक सुरु भएको छ। आठौं अधिवेसनको पाँचौं बैठक सुरु भएको हो।

बैठकमा मुख्यमन्त्री त्रिलोचन भट्टले आफूमाथि विश्वासको मत होस भनेर प्रस्ताव अगाडि सारेका छन्।

बैठकअघि चलेको राजनीतिक दलहरुको बैठक अनुसार मुख्यमन्त्री भट्ट जोगिएका छन्। सरकारमा रहेको नेकपा एमाले (माधव समूह)को समर्थन कायमै रहेको र नेपाली कांग्रेस पनि विश्वासको मत चाहिएको अवस्थामा मत दिने निर्णय गरेपछि मुख्यमन्त्री भट्ट सुरक्षित भएका छन्।

प्रदेश सभाको बैठक आज मंगलबार बिहान ९ बजे बोलाइएको थियो। पछि १ घण्टा पछाडि धकेलिएको थियो।

कमेन्ट लोड गर्नुस