सुदूर नेपाललाई विश्वसँग जोड्दै

कांग्रेसको शरणमा सुदूरपश्चिमका मुख्यमन्त्री, विश्वासको मत दिन आग्रह

२०७८ जेठ २५, १०:१० खबर संवाददाता

धनगढीः सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले आज संसदमा विश्वासको मत लिने कार्यक्रम तय भएको छ। सोही कारण उनी सांसदहरुसँगको भेटघाट लागि दौडधुपमा लागेका छन्। 

जनता समाजवादी पार्टीले मुख्यमन्त्री भट्टलाई विश्वासको मत नदिने निर्णय गरिसकेको छ। त्यसपछि उनी नेपाली कांग्रेस संसदीय दलको दैलोमा पुगेका छन्। 

सुदूरपश्चिम प्रदेशमा नेकपा एमाले ओली समूहले प्रदेश सरकारको विपक्षमा मत जाहेर गर्न निर्देशन दिएका बेला मुख्यमन्त्री भट्टले सहयोगका लागि कांग्रेस सामु हात फैलाएका छन्।  

उनी अहिले कांग्रेस संसदीय दलको कार्यालयमा छिरेका छन्। यद्यपि कांग्रेसले भने विश्वासको मत दिने नदिनेबारे निर्णय गरीनसकेको नेपाली कांग्रेसका प्रदेशसभा सदस्य भरतबहादुर खड्काले बताए। 

सुदूरपश्चिम प्रदेश सभामा नेपाली कांग्रेसका १२ जना सदस्य रहेका छन्। 

कमेन्ट लोड गर्नुस