सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टलाई विश्वासको मत नदिने जसपाको निर्णय

२०७८ जेठ २५, ०९:१७ खबर संवाददाता

धनगढीः सुदूरपश्चिम प्रदेशमा जनता समाजवादी पार्टीका प्रदेश सभा सदस्यले मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत नदिने भएका छन्।

संघीय सरकारमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई जनता समाजवादी पार्टीको समर्थन गरेको छ। हाल जनता समाजवादी पार्टी ओली नेतृत्वको सरकारमा छ।

सुदूरपश्चिम प्रदेशमा नेकपा एमाले ओली समूहले प्रदेश सरकारको विपक्षमा मत जाहेर गर्न आफ्ना प्रदेश सभा सदस्यहरुलाई निर्देशन दिएको छ।

केन्द्रमा भएको सत्ता समिकरण अनुसार मुख्यमन्त्रीलाई विस्वासको मत नदिने निर्णय भएको जसपा संसदीय दलका नेता कृष्णबहादुर चौधरी बताए।

सुदूरपश्चिम प्रदेश सभामा कृष्णबहादुर चौधरी र मालामति राना गरी २ जना प्रदेश सभा सदस्य रहेका छन्।

कमेन्ट लोड गर्नुस