सुदूर नेपाललाई विश्वसँग जोड्दै

भौतिक पूर्वाधार मन्त्री सोडारीको सचिवालयले भन्छ, ‘मन्त्रीमाथि नै रावलद्वारा अभद्र व्यवहार’

२०७८ जेठ २४, १०:२३ खबर संवाददाता

धनगढीः सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री दीर्घ सोडारीको सचिवालयले मन्त्रीमाथि नै दुव्र्यवहार भएको दाबी गरेको छ।

मन्त्री सोडारीद्वारा नेकपा एमाले सुदूरपश्चिम सचिव राजेन्द्र सिंह रावलमाथि हातपात गरेको आरोप लागेपछि मन्त्री सोडारीको सचिवालयले मन्त्रीमाथि नै दुव्र्यवहार भएको दाबी गरेको हो।

मन्त्री सोडारीका स्वकीय सचिव ललित बहादुर बोहराले एक विज्ञप्ति जारी गर्दै मन्त्रीले रावलमाथि दुव्र्यवहार गरेको नभइ रावलले नै मन्त्री सोडारीमाथि दुव्र्यवहार गरेको दाबी गरेको हो।

विज्ञप्तिमा भनिएको छ, “कञ्चनपुर बस्ने राजेन्द्र सिंह रावल भौतिक पूर्वाधार विकास मन्त्रालयमा मन्त्री ज्यूको कार्यकक्षमा प्रवेश गरी मन्त्री ज्यूलाई प्रदेश सभाको विषयमा कुरा गर्दै अभद्र व्यवहार गरेको प्रति मन्त्री ज्यूको सचिवालयको गम्भीर ध्यानाकर्षण भएको छ। आगामी आर्थिक वर्ष २०७८/२०७९ को बजेट छलफलमाथि ब्यस्त रहेको अवस्थामा सचिवालय र रंगरक्षकलाई समेत छलेर मन्त्री ज्यूको कार्यकक्षमा प्रवेश हुने कुरा अशोभानीय छ।” त्यस्तै सचिव रावलले गुण्डागर्डी शैलीमा प्रस्तुत भएको सो विज्ञप्तिमा उल्लेख छ।

उता रावलले भने मन्त्री सोडारीले आफूमाथि हातपात गरेको दाबी गरेका छन्।

सम्बन्धित समाचार
सुदूरपश्चिमका भौतिक पूर्वाधार मन्त्री सोडारीद्वारा एमाले प्रदेश सचिव रावलमाथि हातपात

 

कमेन्ट लोड गर्नुस