सुदूर नेपाललाई विश्वसँग जोड्दै

२५ लाखको चिट्ठा परेको भन्दै ठग्ने पक्राउ

२०७८ जेठ २४, ०५:४० खबर संवाददाता

काठमाडौं : सामाजिक सञ्जाल ‘ह्वाट्स एप र इमो’ मार्फत चिट्ठा« परेको भन्दै ठगी गर्ने एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा बिरगञ्ज महानगरपालिमा–१८ का निरजकुमार सिंह रहेका छन्।

उनले २५ लाखको चिट्ठा परेको र त्यसका लागि ट्याक्स तिर्नुपर्छ भन्दै पीडितहरुलाई विभिन्न व्यक्तिका नाममा रहेको बैंक खाता, आईएमई र इसेवामार्फत रकम जम्मा गर्न लगाएर २ लाख १० हजार रुपैयाँ ठगी गरेका थिए।

सिंहलाई ठगी कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

कमेन्ट लोड गर्नुस