सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा लागुऔषधसहित ३ जना पक्राउ

२०७८ जेठ २४, ०३:४९ खबर संवाददाता

कञ्चनपुर: कञ्चनपुर प्रहरीले लागुऔषधसहित ३ जनालाई पक्राउ गरेको छ। 

जिल्लाको शुक्लाफाँटा नगरपालिका–१० झलारी बजारबाट सोही ठाउँका ३४ वर्षीय बिक्रम शिलाल, २५ वर्षीय विशाल थापा र २६ वर्षीय बिनोद नागरी पक्राउ परेका हुन्। 

सोमबार दिउँसो पक्राउ परेका उनीहरुको साथबाट २ ग्राम ६४० मिली ग्राम ब्राउनसुगर फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। 

पक्राउ परेका सबैमाथि थप अनुसन्धान भइरहेको कञ्चनपुर प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले बताए। 

कमेन्ट लोड गर्नुस