सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा भोलिदेखि भेरोसेल खोप लगाइने, कुन उमेर समूहकाले कहाँ लगाउने ?

फाइल फोटो
फाइल फोटो
२०७८ जेठ २४, ०३:३५ खबर संवाददाता

धनगढी: सरकारले भोलिदेखि देशभर कोरोनाभाइरस कोभिड—१९ विरुद्धको भेरोसेल खोप अभियान देशभर सञ्चालन गर्ने भएको छ। भेरोसेल खोप ६० देखि ६४ वर्ष उमेरसमूहका नागरिकलाई दिइन लागेको हो।  

चीन सरकारको दोस्रो पटक अनुदान सहयोगमा नेपालले १० लाख मात्रा खोप प्राप्त गरेको हो। सरकारले यसअघि भेरोसेल खोप १८ देखि ४९ वर्ष उमेर समूहका नागरिकलाई ८ भेरोसेल खोपको दिएको थियो। यसपटक भने नेपाल सरकारले ६० देखि ६४ वर्षसम्मका नागरिकलाई खोप दिन लागेको हो।  

धनगढी महानगरपालिकाले पनि भोलिदेखि खोप अभियान सञ्चालान गर्दैछ। जसअनुसार ६० देखि ६४ वर्ष उमेर समूहकाले खोप लगाउन निम्न स्थानमा जानुपर्नेछ। 

कमेन्ट लोड गर्नुस