सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले विश्वासको मत लिने

२०७८ जेठ २४, १०:५७ खबर संवाददाता

धनगढी: सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत लिने भएका छन्। मुख्यमन्त्री भट्टले मंगलबार प्रदेशसभाबाट विश्वासको मत लिने बताइएको छ। 

प्रदेशसभा सचिवालयमा विश्वासको मत लिने पत्र आइतबार नै दर्ता भइसकेको छ।

शुक्रवार सत्ता साझेदार एमालेकै ओली पक्षीय सांसदले मुख्यमन्त्रीमाथि अविश्वास रहेको जानकारी सदनलाई गराएका थिए। यस्तै प्रमुख प्रतिपक्षी दलले समेत मुख्यमन्त्रीले यसमा पुनर्विचार गर्नुपर्ने माग गरेको थियो।

सोही विवादपछि मुख्यमन्त्रीले सदनमा विश्वासको मत लिने तयारी गरेका हुन्। 

कमेन्ट लोड गर्नुस