सुदूर नेपाललाई विश्वसँग जोड्दै

घर नबनाउनेले रकम फिर्ता गर्नु पर्ने

२०७५ कार्तिक ७, ०१:०४ खबर संवाददाता

भूकम्पले क्षति पुगेको भन्दै लाभग्राहीको सूचीमा परेर पनि पहिलो किस्ता रकम लगेर घर नबनाउनेले रकम फिर्ता गर्नु पर्ने भएको छ। घर बनाउन शुरु नगरेका र घर बनाउन नचाहेकालाई पहिलो किस्ताबापत लगेको रकम फिर्ता गर्न ताकेता गरिएको हो। भूकम्पबाट पूर्ण क्षति पुगेका जिल्लाका पाँच हजार २ सय ६९ घरमध्ये हालसम्म एक हजार ४ सय घर मात्र निर्माण भएका छन। पूर्ण क्षतिमा परेका लाभग्राहीमध्ये हालसम्म चार हजार ८ सय ९ जनाले पहिलो किस्ताबापतको रकम रु ५० हजार बुझिसकेका छन भने ४६० जनाले पहिलो किस्ताको रकम समेत बुझेका छैैनन्।
   
 

कमेन्ट लोड गर्नुस