सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा झण्डै २ लाख मुल्य बराबरको भन्सार छलीका सामान बरामद

२०७८ जेठ २४, ०७:१५ खबर संवाददाता

धनगढी्रः कञ्चनपुरमा भन्सार छली ल्याइएका सामान बरामद गरिएको छ। 

सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वाटर शैलेश्वरी मातहत बोर्डर आउट पोष्ट बयलबन्दा, पशुपतीटोल र फरवार्ड बेश बडुवालटोलबाट खटीएको पैदल सीमा गस्ति टोलिले भन्सार छली ल्याइएका सामान बरामद गरेको हो। 

सीमा ईलाकामा गस्ती गर्ने क्रममा निषेधाज्ञा उल्लघंन गरी भारतबाट नेपाल भित्र्याउँदै गरेको १ लाख ९७ हजार ४५० मुल्य बराबरको सामान बरामद गरिएको सशस्त्र प्रहरी उपरीक्षक बिरेन्द्र बहादुर ऐरले बताए। 

पेय पदार्थ  ९चिसो०, प्रतिबन्धित अण्डा, मल, बिडि, सुर्ती, सलाई, चक्लेट काठसहित बरामद गरीएको उनले बताए। 

काठ आवश्यक कानुनी कारवाहीको लागि श्री गौरीशंकर मध्यवर्ती सामुदायिक बन कार्यालय र सामान नष्ट गर्नुका साथै कञ्‍चनपुर भन्सार कार्यालय गड्डाचौकीमा बुझाईएको ऐरले बताए। 

कमेन्ट लोड गर्नुस